ताजा अपडेट »

जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प

बुधबार, ०२ चैत्र २०७८

काठमाडौं । जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।

बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।

भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।