ताजा अपडेट »

मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

बुधबार, ०२ चैत्र २०७८

काठमाडौं ।  काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाईकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक  धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन् ।   स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवाडीले चलाएको बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाईकल बुधबार बिहान सवा ६ बजे ठोक्किएका थिए । मोटरसाईकल सहित चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।