ताजा अपडेट »

सयपत्री गोल्डकप : सुनौलो संगम सेमिफाइनलमा

आइतबार, २४ कार्तिक २०७६


कार्तिक २४,
ग्लोबल आवाज

बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता –२०७६ अन्तर्गत आइतबारको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ । सुनौलो संगमले चितवन–११ माथि ३–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको ३७ औ मिनेटमा सुनौलोका रंजित थापाले गोल गर्दै अग्रता लिएको थियो ।

त्यसैगरी सुनौलोका कान्छा गुरुङले खेलको ४४ औ मिनेटमा दोस्रो र मोहन थापाले खेलको ६५ औ मिनेटमा अन्तिम गोल गरेका थिए । खेलमा सुनौलोका कान्छा गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार तेस्रो क्वाटरफाइनल खेलमा फर्साटिकर युवा क्लब फर्साटिकर र अभिषेक चर्च ब्याईज क्लब रजहरका बिचमा हुने सचिव सन्तोष गुरुङले बताए । कार्तिक १९ गतेदेखि सुरु कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन्।