बुटवल । वन उद्यम पुर्वाधार बैंक लिमिटेडले रुपन्देहीमा एक कार्यक्रमका बीच संस्थापक शेयर प्रमाणपत्र वितरण गरेको छ । मंगलबार लुम्बिनीमा भएको कार्यक्रममा वन, वातारण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले बैंकका संस्थापक शेयर सदस्यहरुलाई प्रमाणापत्र वितरण गरेका छन् ।
कार्यक्रममा वन, वातारण तथा भू–संरक्षण मन्त्री हमालले नेपाल वनमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य हासिल गर्ने गरि बैंक सहकार्य गर्न अग्रसर रहेको बताए । प्रदेशले ऐन बनेपनि नियममवली बनाउन ढिलाई भएको उनले बताए। संघले नियमावली नबनाउदा प्रदेशको निर्माणमा ढिलाई भएको छ। उनले भने। संघको नियमावलीसंग बाझिने गरि प्रदेशको नियमावली बनाउन नहुने प्रावधानका कारण ढिलाई भएको उनले बताए । विदेशबाट निर्यात भएका काठ रोक्न प्रदेश सरकार आवश्यक वैज्ञानिक वन ब्यवस्थापनको खाचो देखिएको उनले दाबी गरे। सालको एउटा रुख ८० वर्ष पुगेपछि त्यसले प्रकृतिमा अनुपयुक्त देखिने अध्ययनबाट पुष्टि भएको भन्दै यसै अनुसार वैज्ञानिक वनलाई पुनः लागू गर्ने तयारीमा लागेको बताए ।
कार्यपत्र पेश गर्दै महासंघका केन्द्रीय सदस्य विष्णु प्रसाद ज्ञवालीले समृद्धिका लागि वन भनिएको भएपनि दिगो बन ब्यवस्थापनमा वैज्ञानिक वन ब्यवस्थापन शुरु भएको १० वर्षको कारण धेरै सफलता मिलेको थियो। तर पछिल्लो २ वर्षदेखि बैज्ञानिक वन ब्यवस्थापन खारेज भएसंगै झन स्वदेशी उत्पादन भएका काठ खेर जाने अवस्था छ । विदेशबाट अर्बौ रुपैयाका काठहरु भित्रिएका छन। नविकरणिय श्रोत हो । जसलाई निरन्तरता उपभोग गर्दै नया वन हुर्काउदै लैजानुपर्ने उनले सुझाव दिए। सरकारसंग साझेदारीको लागि आफुहरु तयार भएको भन्दै कबुलियत वन हस्तान्तरण ढिलाई भएको उनले बताए। वनको संरक्षण र आम्दानीको श्रोतका रुपमा उपभोग गर्न सकिने बताए ।
सरकारले कार्बन व्यापार, बिमा, दिगो विकास, जंगली वन्यजन्तु संरक्षणका निति बनाउदै लगायत प्रतिवद्घता जनाएको छ । वनमा आयआर्जनका रहेका उद्योगीहरुलाई एकतावद्घ गराएर सामुहिक लगानी र उत्पादनमा जोड दिन कार्यअनुसार अगाडि बढेको उनले बताए। भुउपयोगको अवसर सदुपयोग गर्दै ब्यवसायिक रुपमा वन विकास गर्ने, वन्यजन्तु पालन गर्ने लगायत पर्यटनमार्फत आयआर्जनको सम्भावनालाई जोड्न चाहेको बताए ।
नेपालमा ८० प्रतिशत वनमा आधारित पर्यटन रहेको विज्ञहरुको अनुसन्धानबाट पुष्टि भएको भन्दै बैकमार्फत निजि वन र पर्यटनलाई जोड्ने बताए । निजि वनबाट उत्पादन लिन १०–१२ वर्ष लाग्ने र यसमा बैक तथा वित्तिय संस्थाहरु लगानी गर्न ईच्छुक नहुने कारण कठिनाई भएको बताए । सरकारले २ सय हेक्टर निजि वन बनाउने घोषणा गरेको छ। यसका लागि सरकारबाट आवश्यक सहयोग जरुरी रहेको उनले बताए ।
बैंकका अध्यक्ष कपिल प्रसाद अधिकारीले सामुहिक लगानी र विज्ञताको बल–न्यून जोखिम अधिक प्रतिफल रणनिति बनाएर बैंक स्थापना गरिएको बताए । नवलपरासी क्षेत्रमा ५० रोपनी जग्गा खरिद गरेर पाईलट प्रोजेक्ट संचालन गर्न लागेको बताए । प्राकृतिक सौन्दर्य सहित रिसर्च सेन्टरका रुपमा पर्यापर्यटन बढाउने लक्ष्य रहेको उनले बताए । जडिबुटी खेति, वन्यजन्तुपशुपंक्षि पालन, पर्यापर्यटन विकास गर्ने लक्ष्य रहेको उनले बताए। न्युनतम १ लाख देखि ११ लाख १ सय ११ रुपैयासम्म शेयर रहेको छ ।
नेपाल वन पैदावर उद्योग ब्यवसायी महासंघका अध्यक्ष मन्जिल बाबू मास्केले उद्योग ब्यवसयीलाई मर्यादित बनाउनु पर्नेमा जोड दिए । सबै वन उद्योगीहरुलाई समेटेर वन उद्यम पुर्वाधार बैक लिमिटेड स्थापना गरेको उनले उल्लेख गरे ।
प्रतिक्रिया