कार्तिक २४,
ग्लोबल आवाज
बुटवल । रुपन्देही व्यापार संघको १८ आंै वार्षिक साधारण सभा तथा १० औं अधिवेशन अन्तरगत हुन लागेको निर्वाचनको कार्यक्रम आइतवारबाट सुरु भएको छ । कार्तिक २८ गते नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको पूर्व घोषित कार्यक्रम अनुसार आज आइतबार मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन समितिका संयोजक यमलाल खनालले बताए । निर्वाचन कार्यक्रम अनुसार सोमबार उम्मेद्वारी दर्ता हुने छ । सार्वजनिक गरिएको मतदाता सूची अनुसार संघमा कुल १४ सय ३५ मतदाता रहेका छन् ।
संघको १० औं अधिवेशनबाट आगामी ३ बर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव, सहकोषाध्यक्षसहित २५ सदस्यिय नया नेतृत्व निवार्चित हुने संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए । संघको नयाँ नेतृत्वको लागि व्यवसायीहरुको चुनावी चहल पहल सुरु भएको छ । नयाँ नेतृत्व सर्वसम्मत बनाउने प्रयास भैरहेको संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले बताए ।
प्रतिक्रिया