ताजा अपडेट »

उद्योगी-व्यवसायी तथा उपभोक्ताहरूसंग अन्तरक्रिया

मंगलबार, ०१ चैत्र २०७८

परासी । विश्व उपभोक्ता अधिकार दिवस-२०७८तथा उद्योग तथा वाणिज्य फर्महरुसँग गुणस्तरीय वस्तु तथा सेवा विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीद्वाराआयोजना गरिएको कार्यक्रममा विभिन्न उद्योगी व्यवसायी तथा उपभोक्ताहरू संग वाणिज्य फर्महरु सँग गुणस्तरीय वस्तु तथा सेवा विषयकअन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेकाे हाे ।

घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख गँगाधर पाण्डे, बजार अनुगमन सम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह एवं सरोकारवाला निकायहरुविच समन्वयमा व्यापार व्यवसायलाई मर्यादित बनाई उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बजार अनुगमन निरन्तर गर्दै आएको बताए ।

उनले जिल्ला भित्रका खाद्यवस्तुहरुको पसल, औषधी पसल तथा स्वास्थ्य प्रयोगशाला, एग्रोभेटका साथै पेट्रोलपम्प लगायतका क्षेत्रमा नियमित बजार अनुगमन गरिने कार्ययोजना बनिसकेकाे बताए । सहायक प्रमुख जिल्ला अधिकारीले रामचन्द्र अर्यालले उपभोक्ता अधिकार हनन हुन नदिन र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कारवाही गर्दै आएको बताए ।

उपभोक्ता संरक्षण ऐन २०८५ अनुसार व्यापार व्यवसाय सञ्चालन गर्ने उद्योग तथा वाणिज्य फर्महरुलाई समय -समयमा अनुगमन गर्ने गरेको बताउदै बताए। उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने निकायलाई तुरून्तै कारबाहीको दायरामा ल्याउने बताए। खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख पदम राज भूषालले खाद्य पदार्थ तयार पार्दा वा बिक्री वितरण गर्दा स्वास्थ्यमा असर पार्न नदिन सचेत हुनुपर्ने बताए।

खाद्य पदार्थमा रङ्ग मिसावट गर्दा उपभोक्ताको स्वास्थ्यमा क्यान्सर,दम,माईगेरेन,अल्जाइमर, मृगोलाका रोग जस्ता समस्या हुने बताए। खाद्य स्वच्छता नहुँदा बिरामी,आर्थिक नोक्सानी तथा ज्यान समेत जान सक्ने हुँदा उपभोक्ता सचेत हुनुपर्ने बताए। कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजि ज्ञवाली ,उपभोक्त हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामचन्द्र पाैडेल,सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कमर्चाय ,लगायतले बाेलेका थिए ।