कार्तिक २४,
भैरहवा । मारवाडी सेवा समाज भैरहवाले आफ्नै नयाँ भवन निर्माण गर्ने भएको छ । समाजले शनिबार भवनको शिलायान्स गरेको छ । सिद्धार्थनगरमा बन्ने भवनको शिलान्यास स्वर्गिय समाजसेवी केदारनाथ अग्रवालकी धर्मपत्नी चन्दादेवी अग्रवालले गरेकी हुन् । करिब २ करोड ५० लाख लागतमा निर्माण गरिने उक्त भवन २० कोठाको हुने समाजका अध्यक्ष हेमन्त अग्रवालले जानकारी गराए । उनले भने‘ २० कोठाको भवन बन्नेछ ।
यससँगै पार्किङ,सभाहल,भान्सा घर लगाएत आवश्यक स्थलहरु पनि निर्माण हुनेछन् । मारवाडीहरुको संख्या र एकताका लागि साथै सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज होस् भनेर आधुनिक भवन स्थापना गर्न लागेका हौं ।’
प्रतिक्रिया