ताजा अपडेट »

अब नयाँ स्वादमा करेन्ट चाउचाउ, चिजबल पनि उपलब्ध

मंगलबार, ०१ चैत्र २०७८

काठमाडौं । करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स ल्याएको छ । उद्योगले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको छ ।

सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य १२० र तौल १२० ग्राम छ । विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको दाबी कम्पनीको छ ।

नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उद्योगले जनाएको छ । आफ्ना उत्पादनहरूमा उपभोक्ताको सहज पहुँचका लागि कम्पनीले एक सय ५० भन्दा बढी डिलरहरूको सञ्जाल विस्तार गरेको छ।