ताजा अपडेट »

रुपन्देही सुनचाँदी व्यवसायी संघको साधारण सभा, आयात बढाउन माग

सोमबार, ३० फागुन २०७८

बुटवल । रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठो साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले महासंघ सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुख,दुःखमा साथमा रहने बताए ।

व्यवसायीहरूको कच्चापदार्थको रूपमा रहेको सुनको आयात कम रहेकाले आयातको मात्र बढाउन सरकारसँग अपिल गर्ने बताए । साथै अब छिट्टै सरकारद्वारा सुनचाँदी खरिद बिक्री निर्देशिका बनाउने कार्य सम्पन्न हुन लागेको जनाउँदै सम्पूर्ण व्यवसायीहरूले ग्राहक हितमा रहेर ब्यवसाय गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा नापतौल विभाग रुपन्देही प्रमुख सम्भु कुमार झा ,सुनचाँदी बवज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी, सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा,नेपाल सुनचाँदी ब्यवसायी महास+घका सदस्य एम।बि।बिश्वकर्मा , बिश्वकर्मा, सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव डिल बहादुर खाती,सल्लाहकार ,ज्योतीलाल बिक,डम्बरलाल रामदाम सुरेशरत्न बज्राचमर्य , बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गोकुल बिक ,सिद्दार्थ नगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाश मणि बिक लगाएतले बोल्दै सुनचाँदी व्यवसाय अति ;+वेदनशिल व्यवसाय भएकाले राज्यले सुरक्षा दिनुपर्ने ,व्यवसायीहरुलाई आवश्यक पर्ने सुन सहज उपलब्ध गराउनुपर्ने बताएका छन् ।

.साधारणसभामो अध्यक्षको प्रतिबेदन, सचिबको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत पारित भएको थियो । कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिशन बिकको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष यसरत्न बज्राचार्य को स्वागत र महासचिब सिताराम रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।