ताजा अपडेट »

मंगलबारदेखि बुटवलको देविनगरमा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता

सोमबार, ३० फागुन २०७८

बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा चैत्र १ गते भोलिदेखि चैत्र ४ गतेसम्म एन्फा टेक्निकल देविनगरमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७८ हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको समितिका अध्यक्ष नन्दु काउचाले बताए ।

एथलेटिक्सतर्फ १००, २००, ८०० मिटर, १५०० मिटर दौडहरु, ४ बाई १०० मिटर रिले हिट, ३ हजार मिटर दौड समेत गरिने छ । कबड्डी, शटफुट, लंगजम्प, त्रिपल जम्प, ज्वाप्लिङ थ्रो लगायतका खेलहरु खेलाईने छन । यसैगरि विभिन्न तौल समुहमा कराते, तेक्वान्दो खेलहरु कालिका कराते एकेडेमीमा हुने छन । यसैगरि छात्रछात्रा भलिबल प्रतियोगिता समेत हुने छ । प्रतियोगितामा नगरका १७ सामुदायिक र २० निजि विद्यालयका खेलाडीहरुले ४२ वटा खेलमा भाग लिनेछन । करीब ५ हजार विद्यार्थीहरुसहित खेल प्रशक्षिकहरुको सहभागी हुने प्रतियोगितामा खेल महाकुम्भका रुपमा रहने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न साढे १४ लाख बराबर खर्च अनुमान रहेको उनले बताए । यसैगरि उद्घाटन कार्यक्रम अन्तरगत ६ सय जना विद्यार्थीहरुले स्वागत तथा ५ सय २५ जनाले पिटि प्रदर्शन तथा साढे ३ सय बढिले बहुसास्कृतिक नृत्य प्रदर्शन गर्ने छन । जसमा मारुनी, कौडा, थारु ,झ्याउने, खुकुरी नाच लगायत प्रदर्शन गरिने समितिका सदस्य प्रेम बस्नेतले बताए ।

कार्यक्रममा सदस्य मणिरत्न भण्डारीले नगरमा योजनाबद्ध खेल विकासमा आफुहरु लागेको दाबी गरे । गतवर्ष कालिमा मानवज्ञान उपाधि चुमेको थियो भने नवीन उपविजेता रहेको थियो ।