ताजा अपडेट »

एकीकृत समाजवादी रुपन्देहीः स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय

सोमबार, ३० फागुन २०७८

बुटवल । नेकपा एकीकृत समाजवादी रुपन्देहीको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सांघठनिक गतिविधीलाई तिव्रता दिँदै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकमा बोल्दै जिल्ला कमिटी अध्यक्ष राजु गुरुङ्गले पालीका र वडा उठ्ने उम्मेदवारले उम्मेद्वार दर्ता हुनु भन्दा १५ दिन अघि नै चुनाव जित्ने आधार पेस गर्न आग्रह गरेका छन् । निर्वाचनमा धेरै भन्दा धेरै जित हासिल गर्ने गरी तयारी गर्नु पर्ने बताउँदै अध्यक्ष गुरुङ्गले पार्टी भर्खर गठन भएकाले स्थानीय निर्वाचन संघगठनलाई बलियो गराउने अवसर पनि मिल्ने बताए ।

बैठकले रुपन्देहीबाट लुम्विनी विकास कोषमा कोषाध्यक्ष र परिषद सदस्य पदमा नियुक्त भएका शिद्दिचरण भट्टराई र श्रीराम यादवलाई सम्मानित समेत गरेको थियो ।