भैरहवा । नागरिक उड्डययन् प्राधिकरणले विश्वका सवै विमान स्थललाई अंतरराष्ट्रीय उड़ान का लागी गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल योग्य रहेको जानकारी गराउदै एआईपी (एरोनोटिकल ईन्फोरमेशन पब्लिकेशन) जारी गरे पछि कुवेतको जजीरा एयरलाईन्स कुवेत–भैरहवा–कुवेत उडान गर्न ईच्छुक देखिएको छ ।
गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा अन्र्तराष्ट्रिय उडान भर्न जजीराले नागरिक उड्डययन् प्राधिकरणलाई ईमेल गरेको छ । यस संगै बिमानस्थलमा औपचरिक प्रस्ताव गर्ने जजीरा एयरलाईन्स पहिलो भएको छ । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा अन्र्तराष्ट्रियका महाप्रवन्धक गोविन्द प्रसाद दहालले जजीरा एयरलाईन्सले उडान भर्ने प्रस्ताव ईमेलमा पठाएको बताए । उनले जजीरा संगै थाईलैण्डको थाई स्माईल, श्रीलंका एयर लगायतले पनि चासो देखाएको जनाए ।
निर्माण सम्पन्न भएको बिमानस्थलको यहि फागुन ६ गते देखी १५ गते सम्म एरोथाईको बिमानबाट यान्त्रिक परिक्षण उडान (क्यालिब्रेशन फ्लाईट) सम्पन्न भई सकेको छ । क्यालिब्रेशन फ्लाईट सम्पन्न भए पनि नागरिक उड्डययन् प्राधिकरणले ५१ पृष्ठको एआईपी जारी गरेको थियो ।
बैशाख १ गते परिक्षण उडानको तयारी भईरहेको बिमानस्थललाई १५ गते सम्म अन्र्तराष्ट्रिय उडानको लागी सबै सेट हुने महाप्रवन्धक दहालले बताए । “अन्र्तराष्ट्रिय बिमानस्थलका लागी चाहिने भन्सार, सुरक्षा लगायत अन्य तयारीहरु बुद्धजयन्ती भन्दा १५ दिन अगाडी नै सम्पन्न हुन्छ ।” दहालले ग्लोबल आवाजलाई भने “अन्य सबै तयारीहरु पुरा गरि भई सकेका छन् ।”
प्रतिक्रिया