ताजा अपडेट »

नवलपरासीमा बन्चरो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

सोमबार, ३० फागुन २०७८

बुटवल । बन्चरो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ परेकी छिन् । नवलपरासी पूर्व, नवलपरासी पूर्व बुलिङटार गाउँपालिका ५ राईकोट की ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई आफ्नै श्रीमान वर्षीय ६५ चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार प्रहरीले पक्राउ गरेको हो ।

श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।