बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका भैरवस्थानका २० वर्षीय भरत गोदार रहेको प्रहरीले जनाएको छ ।
तानसेन नगरपालिका५ ढुङ्गाखानीस्थित सडकमा आइतबार राति लु १४ प ६८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १५ मिटर तल खस्दा गोदारको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया