बुटवल । जनताका सरोकारका विषयमा सरकार र सञ्चारकर्मी तथा सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सरकार र सञ्चारकर्मीहरुबीचको सहकार्य र समझदारीले नै सरकारका गतिविधि जनता समक्ष र जनताका गुनासा सरकारसम्म पुग्न सक्ने बताउँदै उनीहरुले सो कुरा औंल्याएका हुन् । रिपोटर्स् क्लब लुम्बिनी र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश मुकाम , बुटवलको सहयोगमा भएको जनसरोकारका सवालमा प्रदेश सरकार र सन्चार माध्यमबीचको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रतिनिधि र सञ्चार क्षेत्रका अगुवाहरुबीचको छलफलले सरकार र सञ्चारबीच निरन्तर बहस र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका हुन् ।
अर्घाखाँचीको सन्धिखर्कस्थित नरपानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले संसदको गतिरोध अन्त्यका लागि प्रदेश सरकार लागिरहेको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले अदालतमा विचाराधीन विषयमा विपक्षीले संसद अवरोध गर्नु दुःखद भएको टिप्पणी गरे । उनले प्रतिपक्षले अवरोध गर्दैमा सरकार संसद छाडेर नभाग्ने बताए । प्रदेश मन्त्रालयहरुले विधेयकको मस्यौदा तयार गरिरहेको भन्दै मन्त्री शर्माले विधेयकको मस्यौदा तयार हुनसाथ संसद संचालन हुने बताए।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामजी घिमिरले संसद सूचारु गर्न गम्भीरता नदेखाएको बताए । उनले आफ्नो पार्टीले कारवाही गरेका सांसदका सम्वन्धमा सूचना टाँस हुनासाथ संसद चल्न दिने बताए। नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य डा. बालकृष्ण चापागाइँले दलहरुले जनतालाई हेप्ने गरेको भन्दै जनता सचेत हुनुपर्नेमा जोड दिए ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले सन्दिखर्क नगरपालिका भ्रष्टाचार मुक्त नगरपालिकाका रुपमा काम गरिरहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुर बिकले जनप्रतिनिधिले चाहेर मात्र काम गर्ने वतावरण तयार नहुने गरेको बताए । संविधान सभा सदस्य विनोद पहाडीले सरकारप्रति जनताका धेरै गुनासा रहेको भन्दै त्यसतर्फ ध्यान जानु पर्ने बताए।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, तेजेन्द्र केसीको स्वागत, बिमल पुरीको संचालनमा भएको कार्यक्रममा ब्रोडकास्टिङ एसोसियसन नेपाल वानका प्रदेश संयोजक माधव नेपाल, टेलिभिजन एसोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु भुसाल, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, अधिवक्ता युवराज कंडेल, , रुद्रहरी कुँवर, एनबी कंडेल, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यष मोहन बेलवासे, सीता बेलवासे लगाएतले बोल्दै जनचासोका विषयमा पत्रकारहरुले कलम चालउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया