ताजा अपडेट »

सयपत्री गोल्डकप : आयोजक सेमिफाइनलमा

शनिबार, २३ कार्तिक २०७६

कार्तिक २३,
ग्लोबल आवाज
बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत शनिबारको खेलमा आयोजक सयपत्री युवा क्लब विजयी हुदै सेमीफाईनलमा प्रवेश गरेको छ । पाल्पा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाईनलमा स्थान बनाएको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको २० औ मिनेटमा सुस्मित केसीले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।

खेलको ४४ औ मिनेटमा आयोजक सयपत्रीका सुर्य थापाले बराबरी गोल गरेका थिए । खेलको ८४ औ मिनेटमा सयपत्रीका सरोज योन्जनले निर्णायक गोल गरेका थिए । खेलमा उनी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । आइतबार दोस्रो क्वाटरफाइनल खेलमा सुनौलो संगम युवा क्लब देविनगर र चितवन–११ का बिचमा हुने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।