ताजा अपडेट »

फेरी पनि पहिलाे शक्ति एमाले नै हो, डराएकाहरुले गठबन्धन गरे : एमाले उपमहासचिव ज्ञवाली

शनिबार, २८ फागुन २०७८

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । शत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको आरोप लगाए ।

एमालेको दबाबपछि स्थानीय निर्वाचनको मिति तय गरिएको बताउँदै उनले त्यसअघि गठबन्धन दल निर्वाचनबाट भाग्न खोजेको बताए । एकल रुपमा महुमत नआउने भएपछि एमालेसँग डराएर दलहरुले आफ्नो पार्टी विरुद्ध गठबन्धन गरेको उनले उल्लेख गरे । गुल्मी रुरु क्षेत्र–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन गरे । नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गर्दै उनले नेता कार्यकर्ताहरुलाई निर्धक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे ।

फरक प्रशँगमा उनले मुलुकको आर्थिक अवस्था टाँट पल्टिने अवस्थामा गइरहेकोप्रति चिन्ता व्यक्त गरे । गठबन्धन सकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्नुका साथै मुद्रा स्फितीको दर चिन्ताजन अवस्थामा गएकोमा दुःख व्यक्त गरे । बढ्दो महङ्गी र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र गठबन्धन दलहरु गम्भीर नभएको उनको आरोप छ । यसैगरी एमसीसीको विषयमा भएको निर्णयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । शत्तारुढ दल भित्रै एमसीसी बारेको धारणा फरक र द्वयद चरित्रको देखिएको उल्लेख गर्दै उनले त्यस विषयमा संसदमा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले नतो कार्यकर्ताहरुलाई आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि तिब्रताका साथ लाग्न आग्रह गरेका छन् । मुलुकलाई निकास दिने र वैकल्पिक शक्ति नै नेकपा एमाले भएको दाबी गर्दै उनले जनताको साथ पाउनेमा ढुक्क हुन आग्रह गरे ।