ताजा अपडेट »

एकीकृत समाजवादी निकट युवा संघ रूपन्देहीले थाल्यो निर्वाचन केन्द्रीत अभियान

शनिबार, २८ फागुन २०७८

बुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले स्थानीय तह निर्वाचन केन्द्रीत गरि अभियान थालेको छ । शनिबार युवा संघ रुपन्देहीले युवाहरुसँग चुनाव केन्द्रित प्रशक्षण एंव भेला सञ्चालन गरेको छ ।

प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य राजु गुरुङले अब युवाहरु निर्वाचनमा होमिने बेला आएको बताए । उनले आफूहरु गठबन्धन गरेर वा एक्लै जसरी पनि चुनाव लड्न तयार रहेको बताए । प्रशिक्षणमा नेकपा (एकीकृत समाजवादी ) केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष सिद्धिचरण भट्टराई , जिल्ला सचिव अविराम बिक, प्रदेस कमिटि सदस्य श्रीराम यादव, चिन बहादुर गुरुङ लगायतले बोलेका थिए ।

युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ रुपन्देहीका उपसचिव सोम खातीको स्वागत, सचिव सार्दुल कसौधनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रशिक्षण एंव भेलाले युवा संघ नेपाल रुपन्देहीले विभिन्न स्थानिय तहमा संगठन विस्तार तथा निर्वाचन परिचालन कमिटि गठन भएको छ । जसमा तिलोत्तमा नगरपालिकामा श्याम प्रसाद गुरुङको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नगरकमिटि गठन भएको छ । ओमसतिया गउँपालिकामा राकेश यादवको नेतृत्वमा ३१ सदस्यीय युवा संघ कमिटि निर्माण भएको छ ।

सैनामैना नगरपालिकामा टिकाराम भण्डारीको नेतृत्वमा ६५ सदस्यीय युवा संघ कमिटि निर्माण भएको छ । सियारी गाउपालिका मा आशिष जैसवालको नेतृत्वमा ३१ सदस्यीय कमिटि, गैडहवामा बाल गोविन्द जैसवालको नेतृत्वमा ३१ सदस्यीय कमिटि र कञ्चन गाउपालिकामा राजेश थापाको नेतृत्वमा ६५ सदस्यीय कमिटि गठन भएको छ । यस्तै भेलाले कृष्ण थापाको नेतृत्वमा ५ हजार १ सदस्यीय युवा परिचालन कमिटि गठन गरेको छ ।