ताजा अपडेट »

रुपन्देहीमा सम्पन्न कर्पोरेट फुटसलको उपाधि मुक्तिनाथ बिकास बैंकलाई

शनिबार, २८ फागुन २०७८

बुटवल । रोटरी क्लब अफ रुपन्देही तथा रोट्रयाक क्लब अफ रुपन्देहीको आयोजनामा भएको कर्पोरेट फुटसलको उपाधि मुक्तिनाथ बिकास बैंकले जितेको छ । तिलोत्तमाको युनिक फुट्सल एरेनामा सम्पन्न फाईनल खेलमा अघिल्लो पटकको डिफेन्डिङ च्याम्पियन मेघा बैंक लिमिटेड लाई ७-६ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।

सेमिफाइनल खेलमा मेघा बैंकले कामना सेवा बिकाश बैंक  तथा मुक्तिनाथ बिकास बैंकले सिटिजन इन्टरनेसनल बैंकलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । निकै प्रतिस्प्रधात्मक भएको फाइनल खेल १-१ गोलको बराबरी भएपछि पेनाल्टि सुटआउटमा पुगेको थियो ।  जितसँगै मुक्तिनाथ बिकास बैंकले ५० हजार नगद राशीसहित कप, मेडल तथा प्रमाण पत्र प्राप्त गर्न सफल भयो । उप बिजेता बनेको मेघा बैंकले नगद ३० हजार राशीसहित सिल्ड तथा प्रमाण पत्र प्राप्त गर्न सफल भयो । 

कुल ६ टिम सहभागी  खेलमा मुक्तिनाथ बिकास बैंक र मेघा बैंकसँगै कामना सेवा बिकास बैंक, सिटिजन इन्टरनेशनल बैंक, सनराइज बैंक र ग्लोबल आइ एम ई बैंकको सहभगिता रहेको थियो ।  समापन कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ जोन २२ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताले बिजेता तथा उप बिजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताकै अवसर परी आयोजक रोटरी  क्लब तथा रोट्रयाक क्लबका बीच मैत्रीपूर्ण खेल समेत सम्पन्न भएको थियो । सो खेलमा रोटरी क्लब अफ रुपन्देहीले रोट्रयाक क्लब अफ रुपन्देहीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताका लागि हाई लाईफ फुड्सको मुख्य प्रायोजन तथा तिलोत्तमा होम्सको सह प्रयोजन रहेको थियो ।