काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दल मिलेर प्रमुख प्रतिपक्षी दललाई आगामी निर्वाचनमा धुलोपिठो बनाइदिने बताएका छन् ।
धादिङको गल्छी गाउँपालिकामा आयोजित नेकपा एसको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दल मिलेर चुनावमा गएपछि एमालेलाई धुलोपिठो बनाइने दावी गरेका हुन्। साथै अध्यक्ष नेपालले एमालेको भविष्य अन्धकार रहेको समेत टिप्पणी गरेका छन् ।
नेपालले स्थानीय तहमा तालमेल गर्दा एउटा पार्टीले प्रमुख, अर्कोले उपप्रमुख, एउटा वडाध्यक्ष र अर्कोले सदस्य लिएर गठबन्धन गर्न सकिने बताएका छन् ।
उनले एउटा वडामा एउटा पार्टीले अध्यक्ष पाउँदा अर्कोले अर्कोमा पाउने बताएका छन्। अध्यक्ष नेपालले नेकपा एस एक्लै जित्ने ठाउँमा एक्लै पनि चुनाव लड्ने कार्यकर्तालाई जानकारी दिएका छन् ।
प्रतिक्रिया