गत महिना देखी जारी युक्रेन र रुसको द्वन्द्वले रूस र युक्रेनका लागि मात्र नभई बाँकी विश्वका लागि गम्भीर परिणामहरू सिर्जना गरिरहेको छ । द्वन्द्वको मुख्य पीडित युक्रेनमा सन् २०२२ को अर्थतन्त्र ८ प्रतिशतले घट्न सक्ने कुरालाई ‘आईएमएफ’ले प्रक्षेपण गरेको छ । रूसमा द्वन्द्वको लागत २०१४ देखी २०१६ जिडिपीको १ प्रतिशतमा हुने अनुमान गरिएको छ । मुख्यतया बढेको लगानी जोखिमको कारण। रुसी बजारमा बाल्टिक राज्यहरू, फिनल्याण्ड र अन्य धेरै नयाँ ‘इयू’ सदस्य राष्ट्रहरू सामान्यतया सबैभन्दा बढी प्रभावित भएका छन्। अस्ट्रियामा प्रभाव अपेक्षाकृत मामूली हुने अपेक्षा गरिएको छ ।
्अस्ट्रिया रुसी बजारमा अति नै उजागर भएको छैन । समग्रमा इयू कालागि, त्यहाँ पाँच उद्योगहरू छन् जहाँ कुल निर्यातमा रूसको हिस्सा ३ प्रतिशत कपडा, औषधि, विद्युतीय उपकरण, मेसिनरी र यातायात उपकरणहरू भन्दा बढी छ । रूसमा सामान र सेवाहरूको निर्यातमा १० प्रतिशत घाटाको अनुमानमा, अनुमानित जिडिपी घाटा लिथुआनिया र इस्टोनियाको लागि ० दशमलव ४ प्रतिशत र अस्ट्रियाको लागि ० दशमलव १ भन्दा कम हुनेछ । पूर्ण तथ्याङ्कमा, जर्मनीले लगभग ३ बिलियन यूरो गुमाउन सक्छ । त्यसपछि इटाली यूरो १ दशमलव ४ बिलियन, फ्रान्स, ग्रेट ब्रिटेन र पोल्याण्ड ० दशमलव ८ बिलियन । यस परिदृश्यमा अस्ट्रियाले यूरो–३०० मिलियन गुमाउन सक्छ ।
अगस्ट २०१४ मा लगाइएको इयूबाट कृषि–खाद्य आयातमा रूसको प्रतिबन्धको अनुमानित प्रभाव बाल्टिकमा सबैभन्दा उच्च हुने अपेक्षा गरिएको छ । यी नोक्सानीहरु निस्सन्देह पीडादायी छन्, तर व्यवस्थित गर्न सकिन्छ । १० प्रतिशत भन्दा ठूलो व्यापार गिरावटले स्पष्ट रूपमा ठूलो घाटा निम्त्याउँछ । सवाल यो छ कि ? यी घाटाहरू जायज छन् र इच्छित प्रभावहरू हासिल गर्नेछन् –युक्रेन र बाहिरमा रूसको व्यवहार परिवर्तन गर्न । विशेष गरी इन्धन, खाना र कच्चाँ पदार्थमा मूल्य बढ्ने सुश्चित देखिन्छ । कोभिड महामारीले उचालेको मुद्रास्फीतिलाई यसले थप बढाउने चिन्ताले सिंगो विश्वलाई आक्रान्त पारेको छ । हालै सार्वजनिक तथ्यांकले अमेरिकाको मुद्रास्फीति दर ७ दशमलव ५ प्रतिशत देखाएको छ । जुन विगत ४० वर्षयताकै उच्च दर हो । अमेरिकामा सन् २००० यताका दुई दशकको अवधिमा आधाभन्दा बढी समय उपभोग्य वस्तुको मूल्य घट्ने गरेको थियो । यसलाई मुद्रास्फीति ऋणात्मक भएको भनिन्छ ।
कोभिड महामारीपछि अधिकांश मुलुकका केन्द्रीय बैंकहरूले ब्याजदर समायोजनका काम गरेर मौद्रिक नीतिलाई लचिलो बनाएका थिए । मुद्रास्फीति रोक्न मौद्रिक नीतिलाई कस्ने तयारी गरेका विश्वभरिका केन्द्रीय बैंकहरूलाई अहिलेको आर्थिक संकटले नीतिबारे पुनःर्विचार गर्न बाध्य बनाइदिएको छ । ईपीएसओएस समूहले ३० मुलुकका २० हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणमा आधाभन्दा बढी सहभागीले लत्ताकपडा, जुत्ता, आवास, स्वास्थ्य उपचार र मनोरञ्जन क्षेत्रमा मूल्य अत्यधिक वृद्धि भएको बताएका थिए । त्यसमा सहभागी हरेक १० मध्ये ७ जनाले सवारी इन्धन, कारको (किस्तालगायत) मूल्य, मर्मतसम्भार, पार्किङ, सार्वजनिक यातायात, किराना सामान, खाना र रेस्टुरेन्टमा मूल्य बढेको अनुभव गरेको बताएका थिए ।
युद्ध लामो समय सम्म सञ्चालनमा आएमा विश्व आपूर्ति प्रणाली पुनः बिथोलिने संकेत देखिँदै छ । यस्तो अवस्थामा उपभोक्ताले इन्धनका साथै आधारभूत वस्तु तथा सेवामा बढी पैसा खर्च गर्नुपर्नेछ जसले गर्दा विश्वका विकासोन्मुख देशको अर्थतन्त्र पुनः पछौटेपन तर्फ धकेलिनेछ । त्यसको अर्थ उनीहरूसँग बचत कम हुनेछ । यसबाट खास गरी मध्यम वर्ग र दैनिक श्रम गरि जीवन निर्वाह गर्ने वर्ग बढी मारमा पर्ने छन् ।
युद्धको सबैभन्दा ठूलो आर्थिक असर इन्धन बजारमा पर्ने देखिन्छ । रुसी अर्थतन्त्र विश्वकै दोस्रो ठूलो ग्यास निर्यातकर्ता र पेट्रोलियम पदार्थको विश्वकै तेस्रो ठूलो उत्पादक हो । खास गरी रुसबाट युरोपमा हुने ग्यास आपूर्ति बन्द गरिएको अवस्थामा त्यसले आर्थिक मन्दी पनि निम्त्याउन सक्ने सम्भावना छ । रुसले युक्रेन भएर बिछ्याइएका ठूला पाइपमार्फत युरोपमा ग्यास वितरण गर्दै आएको छ । रुसमाथि प्रतिबन्ध लगाउँदा युरोपेली ऊर्जा आपूर्तिमा पनि गम्भीर संकट आउन सक्छ । नेपाली अर्थतन्त्रले गत आर्थिक वर्षमा भन्सार विभागको तथ्याकंलाई आधारमा लिदा रु १५ करोडको बराबरको नेपाली उत्पादन निर्यात गरेको थियो । सोहि समयमा रु १७ अर्ब १७ करोड बराबरको खाद्यान्न र पुँजीगत बस्तु नेपालमा आएको थियो । यो हिस्सा अन्य देशहरुसँगको वैदेशिक व्यापारको तुलनामा कमि भएता पनि यसले नेपालको पुँजि निमार्णको गतिलाई प्रभावित पार्नेछ ।
नेपाली अर्थतन्त्रमा रुसको प्रत्यक्ष लगानी प्रत्येक वर्ष रु ११ देखी १२ करोड रहदै आएकोमा चालु युद्धले त्यो बजेटमा कटौती आई नेपाली अर्थतन्त्रमा थप बेरोजगारीताको अवस्था सिर्जना हुनेछ । अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य वर्तमान समयमा सन् २०२० को जनवरीमा भन्दा ४० प्रतिशतले बढिसकेको छ । ७ मार्च २०२२ सम्म मूल्य प्रतिग्यालन ४ डलर पुगिसकेको छ । आर.एस.एम.का प्रमुख अर्थशास्त्री जो ब्रुसुएलसले हालै सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाको आर्थिक वृद्धिदर १ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । यो द्वन्द्वले अटोकमोबाईलको, कारोवार, उत्पादन र ढुवानीमा समेत असर पर्ने देखिन्छ । रुसी आक्रमण सँगै विश्वभरका गाडी निर्माता कम्पनीहरूले रुसी साझेदारसँगको अर्डर ढुवानी करार स्थगित गरेका छन ।
यातायातका साधनहरुमा चर्को राजस्व उठाई रहेको नेपाली अर्थतन्त्रमा विश्व बजारको यस्तो निर्णयले थप आर्थिक संकट उत्पन्न गर्ने छ । यातायातका साधनहरु तथा पेट्रोलियम पदार्थका साथसाथै रुस र युक्रेन दुवै अर्थतन्त्र कृषि उत्पादनका ठूला निर्यातकर्ता पनि हुन । दुवै मुलुकले गहुँलगायतका खाद्यान्न मध्यपूर्वसहित विश्वका विभिन्न मुलुकमा नियार्त गर्दछन । विश्वको कुल गहुँ निर्यातमा रुस र युक्रेनले मात्रै झन्डै ३० प्रतिशत र मकै निर्यातमा १९ प्रतिशत हिस्सा कायम राखेका छन् । यो युद्धको समयमा नै विश्वका शक्ति देशहरु र संयुक्त राष्ट्र संघले पहल गरेर विश्व शान्ति स्थापनाको कार्यमा ढिलाई गरेमा खाद्यान्नको संकट उत्पन्न हुने कुनै शंका छैन ।
युद्धको खबरले सेयर बजार विश्वभर नै ओरालो लागिरहेको छ । अंग्रेजी वर्षको सुरुमै अमेरिकी सेयर बजारले ठूलै ‘करेक्सन’ बेहोर्नुप¥यो । युद्ध चर्किंदै गएमा सेयर बजारलाई थप अस्थिर बनाउँदै ‘बेयर मार्केट टेरिटोरी’ (सेयर मूल्य २० प्रतिशत वा त्योभन्दा बढी दरले घट्ने अवस्था) मा लैजान सक्छ । अमेरिकी सेयर बजारको मुख्य परिसूचक ‘एसएन्डपी ५००’ जनवरी यता करिब १० प्रतिशतले झरेको छ । कोभिड महामारी सुरु भएको एक महिनाको अवधिमा झन्डै ३० प्रतिशतले सेयर मूल्य घट्न पुगेको थियो । नेपालको सेयर बजार २०२२ को सुरुवातमा आन्तरिक बजारमा देखिएको तरलता अभावबाट पिडित भएको थियो । त्यसैगरि वर्तमान समयमा रुस र युक्ररेनको युद्धको कारणले सुन र डलरको मूल्य बढेको कारणले गर्दा नेपाली सेयर बजार थप प्रभावित भएको छ ।
यसले अवकाश तथा व्यक्तिगत अवकाश अकाउन्ट (आईआरए) मा कर छुटको सुविधा लिएर लगानी गरिरहेकाहरूलाई पनि प्रभावित पार्नेछ । किनकि सेयरको मूल्य घट्दा उनीहरूको भावी बचत पनि घट्न पुग्छ । अर्कातिर, सेयर बजार बिथोलिनु भनेको उपभोक्ताको आत्मविश्वास क्षय हुनु हो, उसले गर्ने खर्च घट्नु हो जसले प्रत्यक्ष रूपमा अर्थतन्त्रको वृद्धिदरलाई प्रभावित पार्छ । त्योभन्दा ठूलो, लगानीकर्ताको मनोभावना कमजोर हुनु हो । मनोवैज्ञानिक रूपमा यसको असर नकारात्मक रूपमा पर्नेछ । सेयर बजार ओरालो लाग्दा कमोडिटी मार्केट तिव्र गतिमा बढेको छ । सुन, पेट्रोल, ग्यास, गहुँ लगायतका आधारभूत वस्तुको बजार माग निकै बढ्रिहेको छ । यसलाई अल्पकालिन समयमा समाधान गर्नका मुल्य वृद्धि गर्नु पर्ने बाध्यता उत्पादक सँग रहने भएकोले यसले मुद्रास्फीतिलाई वृद्धि बढाउनेछ ।
मानवीय, भौतिक र आर्थिक क्षति रोक्न विश्वले वार्ताका माध्यमबाट समस्या हल गर्नतिर ध्यान दिन आवश्यक छ । पृथ्वीको एउटा गोलार्द्धमा भएको युद्धले बाँकी गोलार्द्धको सामाजिक आर्थिक पूर्वाधार तथा मानविय शंसाधनको विकास तथा विस्तारमा नकारात्मक पार्ने भएकोले यसको समाधानको पहल गरिनु आवश्यक छ ।
सन्दर्भ साम्रगीहरु :
IMF press release 22/16, 5 march 2022.
BBC Nepali Sewa, 7 march 2022.
The New York Times .
Russian News Agency TASS.
World Economy Forum Report 22 December 2021
भन्सार विभाग नेपाल २०७८
प्रतिक्रिया