ताजा अपडेट »

एकीकृत समाजवादी सिद्धार्थनगर नगर पालिकाद्वारा वडा कमिटी गठन

शनिबार, २८ फागुन २०७८

भैरहवा । शनिबार भैरहवामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ को वडा कमिठी गठन गरेको छ ।

असगर अलिको अध्यक्षतामा २१ सदस्यीय गठित समितिको उपाध्यक्ष मोहम्मद रफिक, सचिव मदन पचभैया रहेका छन् । यसै गरि सदस्यहरुमा अमृत पचभैया, विमला थापा, नितेश खत्री, विनित थापा, सदानन्द धोबी, फिरोज खाँन, अलताफ आलम, जितेन्द्र पासवान र जुर्नद अली रहेको पार्टीका नगर ईनचार्ज तारापति भण्डारीले जानकारी दिए । बाकी सदस्यहरुको चाडै नै मनोनयन गर्ने उनले बताए ।

नेकपा समाजवादीका नगर अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता, प्रदेश कमिटी सदस्य ऋषिराम पाण्डेका प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर ईन्चार्ज तारापति भण्डारी, नगर कमिटी उप–सचिव गंगा भुसाल, नगर कमिटी सदस्य शिव घिमिरे लगायतले बोलेका थिए ।