ताजा अपडेट »

भैरहवा गाउँ टोल विकास समिति गठन

शनिबार, २८ फागुन २०७८


भैरहवा । भैरहवाको उद्गम भैरहवा गाउँमा टोल विकास समिति गठन भएको छ । शनिबार भैरहवामा एक भेलाको आयोजना गरि समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा राजाराम ढाडी, सचिव बिनोद विश्वकर्मा, कोषाध्यक्ष मोहम्मद अनवर खाँन, सह–सचिव सोनु विश्वकर्मा सदस्यहरु राहुल गुप्ता तथा श्रीनिवास धोबी रहेका छन् ।
स्थानीय रुपमा उपलव्ध श्रम, सिप, र साधन तथा अवसरहरूलाई अधिकतम परिचालन गदै नगरको सामाजिक तथा आर्थिक व्यवस्थामा सहयोग गरि गरिवी न्यूनीकरणको प्रयास स्वरुप समिति गठन गरिएको अध्यक्ष राजाराम ढाडीेले बताए । समितिले सहभागितात्मक योजना तर्जुमा गर्ने तथा आफ्नो टोलको समग्र विकास गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने जनाईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यले टोल बस्ती स्तरमा समानता र समताको भावना जागृत गराउन, आपसी सद्भाव, समझदारी, समन्वय र मेलमिलाप कायम गराउन समितिले अहम भूमिका खेलनु पर्ने बताए । उनले टोलमा कुनै पनि प्रकारको राजनैतिक पूर्वाग्राह नराखी स्वच्छ रुपमा टोलको विकासमा मात्र लाग्न समितिलाई सुझाव दिए ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय समाजसेवी चन्द्रभक्त श्रेष्ठ, माधव कोईराला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन स्थानिय राधेश्याम विश्वकर्माले गरेका थिए ।