ताजा अपडेट »

राम मन्दिर बनाउन आदेश, मुस्लिम समुदायलाई छुट्टै जमिन

शनिबार, २३ कार्तिक २०७६

कार्तिक २३,
ग्लोबल आवाज

काठमाडौँ।अयोध्याको विवादास्पद जमिन राम मन्दिरका पक्षधर राम ललाले पाउने भएका छन् । शनिवार  भारतको सर्वोच्च अदालतले  उनको पक्षमा फैसला गरेको छ । विवादास्पद जमिनमा अब राम मन्दिर बन्ने भएको छ । राम मन्दिर–बाबरी मस्जिद विवादबारेको मुद्दामा फैसला सुनाउँदै मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिइने सर्वोच्चले उल्लेख गरेको छ ।

मुस्लिम पक्षलाई मस्जिद बनाउनका लागि पाँच एकड जमिन दिन केन्द्र सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतले अयोध्याका सम्बन्धमा कार्यायोजना बनाउनका लागि तीन महिनाको समय केन्द्र सरकारलाई दिएको छ। सो ट्रस्टमा निर्मोही अखाडा रहने या नरहने भन्ने तय गर्ने अधिकार सर्वोच्चले सरकारलाई दिएको छ । फैसला सुनाउदै प्रधानन्यायाधीश रञ्जन गोगोईले बाबरी मस्जिद खाली जमिन नबनेको बताएका छन्।पुरातत्व वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनलाई नकार्न नसकिने बताउँदै न्यायाधीश गोगोईले बाबरी मस्जिदको तल पाइएको संरचना मुलतः इस्लामिक थिएन । अयोध्या मुद्दाको फैसला सर्वसम्मत्तिमा गरिएको गोगोईले बताएका छन् । - एजेन्सी