ताजा अपडेट »

भलवारी जेसीजद्वारा विविध कार्यक्रम

शुक्रबार, २७ फागुन २०७८

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजले आज (शुक्रबार) एकैदिनमा ४ वटा कार्यक्रम गरेको छ । आज विहान सेमराबजार मा.वि. का विद्यार्थीलाई उद्घोषण तालिम सञ्चालन गरेको जेसीजले भलवारीमा रूपन्देही प्रहरी प्रमुखको स्वागत, प्रभावशाली ३ जना महिला सम्मान र ३ दिने उद्घोषण तालिम शुभारम्भ एकसाथ सञ्चालन गरेको हो ।

शाखाका अध्यक्ष किशोर पंगेनीको आयोजनामा भएको प्रभावशाली महिला सम्मान कार्यक्रममा लोकतान्त्रिक योद्धा एवम् शहीदपत्नी सितालक्ष्मी न्यौपाने, रामचन्द्र मैनादेवी अनाथ आश्रमका संस्थापक एवम् सञ्चालक मैनादेवी भण्डारी र पत्रकार रेखा भुसाललाई दोसल्ला र सम्मान पत्रले अभिनन्दित गरिएको थियो ।

शाखाका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व उपाध्यक्ष सुरज पंगेनीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तिलोत्तमा नगरका स्थायी बासिन्दा, रूपन्देही प्रहरी प्रमुख एस.पी. रविन्द्र रेग्मीलाई स्वागत गरिएको थियो ।

शाखाका महासचिव चन्द्रप्रसाद भट्टराई (जीवन)को सञ्चालनमा भएको कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरूः सन्तराम चौधरी, मनोज आचार्य, मुक्तिनाथ गैह्रे, कार्यक्रम संयोजक लोकनाथ खनाल (सन्तोष) लगायतले बोल्नुभएको थियो ।

सोही कार्यक्रममा जेसीज तथा गैरजेसीजहरूका लागि आयोजित ३ दिने उद्घोषण तालिम शुारम्भ गरिएको थियो । तालिममा कान्तिपुर एफ.एम. का कार्यक्रम उत्पादक एवम् प्रस्तोता राजेश पाण्डेले सहजीकरण गर्दै हुनुहुन्छ । तालिममा ३३ जनाको सहभागिता रहेको छ ।