कार्तिक २३,
ग्लोबल आवाज
काठमाडौँ । अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ अब विदेशमा पनि प्रदर्शनमा आउने भएको छ। नेपाल प्रदर्शन पछि फिल्म अन्य विभिन्न देशमा प्रदर्शनमा जान लागेको फिल्म निर्माता पुनम गौतमले जानकारी दिइन्। फिल्मको यही नोभेम्बर ३० मा जापानको नागोया ३ सो, मा प्रदर्शन गरिने छ।
त्यस्तै आउँदो डिसेम्बर ७ मा ओसाका २ शो, र ८ मा टोकियोमा पनि फिल्म प्रदर्शन गरिने छ। चलचित्र प्रदर्शनका लागि निर्माता पूनमसँगै नायक पुष्प खड्का पनि जापान पुग्नेछन्। जापान प्रदर्शनीको आयोजकमा शर्मिला डंगोल र विनोदकुमार सापकोटा छन्।जापान पछि, डिसेम्वरमा अष्ट्रेलिया र जनवरीमा अमेरिकामा फिल्म प्रदर्शन गर्ने तयारी रहेको निर्माता गौतमले बताइन्। उनका अनुसार फिल्म फेब्रुवरिमा लण्डनमा पनि फिल्म प्रदर्शन गर्ने तयारी रहको छ। (ट्रान्सजेन्डर) विपरित लिङ्गीको कथालाई प्रस्तुत गरेको फिल्ममा पुष्प र साम्राज्ञीका साथमा रेविका गुरुङ लगायतको रहेको छ।- नेपालन्यूज
प्रतिक्रिया