बुटवल । मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बनेको छ । देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद् बैठकमा प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डा.देबन्द्र राज पाण्डे, संस्थापक सभापति कृष्णपहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले रूपन्देही शाखालाई सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहणपछि सभापति डि.पि. खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए। रूपन्देही शाखा यसअघि पनि पोखरा र दाङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले जानकारी दिए।
प्रतिक्रिया