ताजा अपडेट »

निर्वाचन आयोग र दलहरूबीच छलफल जारी

शुक्रबार, २७ फागुन २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल जारी छ। केहिबेर अघिबाट आयोगमा छलफल सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

१७ राजनीतिक दलका प्रतिनिधि छलफलमा सहभागी भएका छन्। आजको बैठकमा निर्वाचन तयारीबारे राजनीतिक दलले गरेको प्रगति विवरणबारे प्रतिनिधिलाई जानकारी गराउने कार्यक्रम छ।

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।