भैरहवा । मधेश तराईमा बसोबास गर्ने नेपाली नागरिक नागरिकताकै अभावमा शिक्षा, रोजगारी लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चित भएकोलेले नागरिकता समाधान गरि दिन लुम्बिनीका जनताले सरकारको ध्यानाकर्षण गरेका छन् ।
जय जनता हेल्प फाउण्डेशन लुम्बिनीले नागरिकतासम्बन्धी समस्या समाधान गर्न गृहमन्त्रालयमा ज्ञापनपत्र पेश गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीमार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । संविधान जारी भएको ५ बर्ष पुगि सक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौ नेपाली नागरिकका सन्तान अझै नागरिकता विहिन हुन भजेको दुखको कुरा भएको फाउण्डेशनका अध्यक्ष ओमप्रकाश कुर्मीले बताए । उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि नागरिकता विधेयक आवश्यक रहेको बताए ।
उनले यसको लागी अहिलेका गृहमन्त्रीले बिशेष पहलकदमी लिन समेत ज्ञापन पत्र मार्फत अनुरोध गरेका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा फाउण्डेशनका अध्यक्ष ओमप्रकाश कुर्मी, समाजसेवी भावेश चौधरी (सुरज बाबु), प्रहलाद, श्रीपति लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया