ताजा अपडेट »

लुम्बिनीको बबई गाउँपालिकाद्वारा ११६ पूर्व जनप्रतिनिधिलाई सम्मान

शुक्रबार, २७ फागुन २०७८

दाङ । दाङको बबई गाउँपालिकाले पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।

तत्कालीन गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको छ । गाउँपालिकामा पूर्व जनप्रतिनिधि ११६ रहेको भन्दै सबैलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत भीष्मकुमार मल्लले बताए । उनका अनुसार तीमध्ये केही जनप्रतिनिधिको मृत्यु भइसकेको र केही जनप्रतिनिधि देशबाहिर रहेको भन्दै त्यस्ता जनप्रतिनिधिका परिवारलाई पनि सम्मान गरिएको हो ।

गाउँपालिकाले साविक पञ्चकुले र पुरन्धाराका २०४९-२०५४ सालका ११६ जनप्रतिनिधिलाई सम्मान गरेको हो ।