ताजा अपडेट »

सागका लागि महिला फुटबल टोलीको घोषणा

शनिबार, २३ कार्तिक २०७६

कार्तिक २३,
ग्लोबल आवाज

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय राष्ट्रिय महिला टोली घोषणा गरेको छ । स्वदेशमा अर्को महिना आयोजना हुने सागका लागि शनिबार घोषित टोलीमा ३० जनाबाट अन्तिम २० जनाको नाम छनोट गरेको टोलीका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । कप्तान निरु थापाको नेतृत्वमा रहेको २० सदस्यीय टोलीमा फरवार्ड सावित्रा भण्डारी, अनिता केसी रहेका छन् । नेपाल सागको तीन पटकको उपविजेता टोली हो । यसपटक घरेलु मैदानमा नेपाल स्वरण जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । टोलीले झन्डै ४ महिनादेखि सागको महिला फुटबल आयोजना स्थल पोखरामै अभ्यासरत छ ।

१३ औं सागका लागि राष्ट्रिय महिला फुटबल टोली

गोलकिपर – अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ

रक्षक – गिता राना, पुमना जर्घा मगर, आरती जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना

मिडफिल्ड – रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली योन्जन, विमला चौधरी

फरवार्ड – सवित्रा भण्डारी , निरु थापा , अनिता केसी - साझापोष्ट