ताजा अपडेट »

मौसम : लुम्बिनीसहित ३ प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली

शुक्रबार, २७ फागुन २०७८

काठमाण्डौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।