भैरहवा । लुम्बिनीमा जारी पडरिया लुम्बिनी नक आउट इन्डो नेपाल क्रिकेट टुर्नामेन्टमा बिहिबार भएको खेलमा आईसीसी एजाज–११ ले पदम होटललाई १ सय ४ रनको बिशाल अन्तरले पराजित गरेको छ ।
एजाजले टस जितेर ब्याटिङ्गको निर्णय गर्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो । एजाजका लागी आशिश यादवले २४ बलमा सर्वाधिक ४७ रन बनाएका थिए । यसै गरि अहमदको ३३ रन र खाँनको २३ रनको योगदान रहेको थियो । बलिङ्ग तर्फ पदम होटलका मुमताज, प्रिन्स र मकसुदले समान २/२ विकेट लिएका थिए ।
१ सय ६७ रनको लक्ष्य सहित मैदान प्रवेश गरेको पदम होटल ११ ओभरमै आफ्नो सबै विकेट गुमाउदै ६२ रन मात्र बनाउन सक्यो । उसका लागी सन्जय र मकसुदले समान १६/१६ रन र रसिदले १३ रन बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । पदम होटललाई सास्तोमै समेट्ने क्रममा एजाजका ईमरान अहमदले ३ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिएका थिए । यस्तै रजत र खानले समान २/२ विकेट लिए । खेलमा ३३ रन बनाएर र ५ विकेट लिएका ईमरान अहमद म्यान अफ द म्याच बनेका थिए ।
यस्तै बिहिबार नै सम्पन्न अर्को खेलमा टिसीसी सनईले विजयीनगर लाई २ विकेटले हराएको छ । टस जितेर बलिङ्ग रोजेको सनईले विजयनगरलाई १ सय ५३ रनमा रोकेको थियो । विजयनगरका लागी रजत सिंहले २७ बलमा ५१ रन बनाए पनि त्यो जितको लागी प्रयाप्त हुन सकेन । विजयनगरकै लागी अरफान खाँनले २७ रन र सद्दामले २४ रन बनाए । बलिङ्ग रोजेको सनईका लागी नितेशले ४ विकेट, हिमांशुले २ विकेट लिएका थिए ।
विजयनगरको प्रत्युत्तरमा १ सय ५४ रन लिएर आएको सनई ३ बल बाँकी छदै ८ विकेटको नोक्सानीमा उक्त लक्ष्य भेट्टाएको थियो । सनईका लागी नितेशले ३९ रन, राजनले नटआउट २४ रन र रणविजय मिश्रले २३ रनको ब्यक्तिगत योगदान दिएका थिए । बलिङ्ग तर्फ विजयनगरका मुकर्रमले ३ विकेट, अमित पाठकले २ विकेट र जहिर अन्सारीले १ विकेट लिएका थिए । खेलका म्यान अफद म्याच सनईका नितेश भए ।
नव युवा क्लब पडरिया, लुम्बिनीको आयोजनामा चौथो वर्ष जारी दुईदेशीय प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमले सहभागीता जनाउँदै छन् । प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया