दाङ । लुम्बिनी प्रदेशका प्रमुुख अमिक शेरचनले दाङको कृषि क्षेत्रको विकासका लागि मेला महोत्सवमार्फत स्थानीय क्षेत्रको कृषि उत्पादन प्रवर्द्धनमा ध्यान दिनुुपर्ने बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीको आज दाङको घोराहीमा सम्बोधन गर्दै कृषिसम्बन्धि ज्ञान, औद्योगिक क्षेत्रबाट उत्पादित बस्तुको उत्पादन प्रवर्द्धनसँगै त्यसको बारेमा ज्ञान र सिकाईको केन्द्र बन्नुपर्नेमा जोड दिए । उनले कुनैपनि मेला महोत्सव तथा प्रदर्शनी आर्थिक लाभका लागि मात्रै नभई जिल्लाको समग्र विकासका लागि सिकाई केन्द्र बन्न सकेको खण्डमा यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
यसैगरी उनले नेपालको अर्थतन्त्रमा राष्ट्रिय औद्योगिकरणको दिशामा लैजान नीति निर्माण तहमा सरकारको भुमिकासँगै निजी क्षेत्रको भुमिका अझ बढी हुने हुँदा नीजि क्षेत्रलाई आफ्नो भूमिका अझ बढाउन अपिल गरे । स्थानीय सम्भावनालाई उजागर गर्न निजी क्षेत्रले नीति निर्माण तह तथा राज्य पक्षलाई दबाब दिन सकेको अवस्थामा यसले सिंगो अर्थतन्त्रमा टेवा पुुग्ने बताए ।
यस्तै, उनले कुनै बेला आत्मनिर्भर देश परनिर्भर बन्नुका पछाडि गम्भीर समीक्षा हुन आवश्यक रहेको चर्चा गरे । कृषि क्रान्तिका कुरा गरेपनि अहिले पनि देशको अधिकांश भाग सिंचाइ सुविधा नपुगेको ठाउँमा सिंचाई सुविजधा पुुर्याउन राज्यका सबै अंग अग्रसर हुनुुपर्ने जिकिर गरे ।
यसैबीच, दाङ पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएकाले भोलीको आर्थिक विकास प्रमुख आधारका रुपमा तीनवटा स्थानले नेतृत्व लिन सक्ने बताए । पूर्वाधार विकास र बस्ती विकास क्रम अनुुसार घोराही, तुलसीपुर र देउखुरी सम्भावनाको क्षेत्र बन्दै गएको दावी गरे । जसका लागि प्रदेश सरकारले तय गरेको राजधानीमा नयाँ शहरको परिकल्पनाका साथ अघि बढेको बताए । यसका लागि दाङबासीलाई उनले देउखुरीको राजधानी कार्यान्वयनमा कुनै शंका नगर्न अपिल पनि गरे ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदर्शनी मूल आयोजक समिति संयोजक टंकसिंह बुुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले अब देशको विकासका लागि आर्थिक क्रान्ति हुनुुपर्ने बताए । जसका लागि लागि आन्तरिक उत्पादनको प्रवद्र्धन गर्न मेला महोत्सवका माध्यमबाट अघि बढ्न सकिने धारणा व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघसंस्था, उद्योग वाणिज्य संघलगायत दर्जन बढी वक्ताहरुले प्रदर्शनी सफलताको शुुभकामना दिए । आगामी चैत्र ८ गतेसम्म चल्ने प्रदर्शनीमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न तथा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया