कार्तिक २३,
ग्लोबल आवाज
काठमाडौँ । इरानमा जारी एएफसी यु-१९ च्याम्पियनसिप २०२० छनोटअन्तर्गत समूह 'डी'को दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ४-० ले पराजित भएको छ। शुक्रबार राति इरानको तेहरानस्थित शहिद डास्टगेर्डी रंगशालामा भएको खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावनामा पूर्णविराम लागेको छ।
पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोक्न सफल भएको नेपाली टोलीले चारै गोल दोस्रो हाफमा खायो। ७६औं मिनेटमा मोहम्दमाहदी अहमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेलमा अन्तिमको १४ मिनेट सम्हालिन नसक्दा नेपाली टोली चार गोल खान पुग्यो। ८४औं मिनेटमा कप्तान अहमद रेजा जलालीको गोलबाट अग्रता दोब्बर बनाएको इरानका लागि त्यसको दुई मिनेट नबित्दै अलिरेजा मोनाजामीले तेस्रो गोल गरे। नेपालको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको इरानका लागि निर्धारित समयको अन्तिम मिनेटमा अरिया बार्जेगरले चौथो गोल गरे।- नेपालन्यूज
प्रतिक्रिया