भैरहवा । विश्व मृगौला दिवसको अवसरमा सिद्धार्थनगर सिटी अस्पतालले विशेष प्याकेजको घोषणा गरेको छ । अस्पतालले विहिबार एक कार्यक्रमको आयोजना गरि मृगौला जाँच सम्बन्धि जाँचलाई १ हजार ७ सय ९९ रुपैयाँमा गर्ने जनाएको छ । प्रवन्ध निर्देशक अर्जुन पौडेलले अस्पतालले ४ हजार १ सय ५० रुपैयाँ पर्ने प्याकेजलाई एक महिनाको लागि छुट दिएको बताए । समाजमा लुकेको मृगौला रोग सम्बन्धि समस्या पत्ता लगाउन “किड्नी हेल्थ प्याकेज” ल्याईएको पौडेलले बताए ।
उच्च रक्तचाप भएका, मधुमेह भएका, धेरै औषधीहरुको सेवन गर्ने, धुम्रपान तथा मध्यपान गर्ने ब्यक्ति, धेरै वजन भएका र परिवारमा सदस्यहरुमा किड्नी तथा पिसाब सम्बन्धि समस्या भएका ब्यक्तिहरुलाई लक्षित गरि यो प्याकेज ल्याईएको उनले बताए । कार्यक्रममा बोल्दै वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर सुबोध पाण्डेले अधिकांश मृगौलाका रोगीहरु मृगौला बिग्रेपछि मात्र उपचारमा आउने भएकोले गाह्राे हुने गरेको बताए । उनले समयमै यसको समस्या पत्ता लगाएर उपचार गरे मृगौला रोगी पनि धेरै बर्ष सम्म बाच्ने बताए । अहिलेको समयमा ब्यक्तिको खानपिन, रहनसहन एवम अस्वस्थ दैनिकीले करिब ९० प्रतिशत मानिस मृगौलाको पहिलो चरणको बिरामी रहेको उनको भनाई छ ।
१० बर्ष पहिला १५ शैयाबाट सेवा सुरु गरेको अस्पतालले अहिले आफ्नै भवनबाट १ सय शैया सञ्चालन गर्दै आएको छ । भारतीय सिमा नजिक रहेको कारण भारतको महाराजगंज, सिद्धार्थनगर जिल्लाका साथै नेपालको उत्तरी भेग गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ लगायतका अन्य जिल्लाका बिरामीलाई अस्पतालले सेवा दिदै आएको छ । रोग पहिचान तथा उपचारका लागी आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु, प्रयोगशालामा हुने अटोमेटिक एनालाईजर, ६४ स्लाईस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसियुका लागि भेन्टिलेटर लगायतको ब्यवस्था गरिएको पौडेलले जानकारी दिए ।
यस्तै अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरविनबाट गरिने पत्थरी लगायत सम्पूर्ण अपरेशन सेवा, डाईलासिस सेवा, छाला सम्बन्धि लेजर सर्जरी तथा कपाल प्रत्यारोपण सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया