ताजा अपडेट »

पाल्पामा आगो ताप्ने क्रममा जलेर घाइते कुमालको मृत्यु

विहीबार, २६ फागुन २०७८

बुटवल । पाल्पामा लागो ताप्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–३ कि ६२ वर्षीय सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कुमाल फागुन ८ गते आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किन गई घुँडा भन्दा माथीको भागमा आगोले जलि घाईते भएकी थिइन् । उनको उपचारको लागी मिशन अस्पताल पाल्पा विहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।