कार्तिक २३,
ग्लोबल आवाज
काठमाडौँ । प्रत्येक बच्चाको सुरुआति आहार भनेकै आमाको दूध हो। केही महिलामा बच्चा जन्मिसकेपछि दूध नआउने समस्या हुन्छ। कति पय महिलाहरूले यस्तो अवस्थामा आफ्नो बच्चालाई अन्य महिलाको पनि स्तनपान गराइरहेका हुन्छन्। आमाको दूध नआएको अवस्थामा अर्की महिलाको स्तनपान गराउनु कतिको उपयुक्त हुन्छ भन्ने प्रश्न उठ्न सक्छ। यदी त्यस्तो समस्या छ भने अर्कि महिलाको स्तनपान गराउँदा पनि बच्चालाई कुनै असर गर्दैन। तर, केही कुरामा भने ध्यान दिनु पर्ने हुन्छ।
विशेषज्ञका अनुसार अर्कै महिलाको स्तनपान गराउनु खतरा नभए पनि यो पुरै सुरक्षीत भने हुँदैन। महिलाको स्वास्थ्य कस्तो छ त्यो कुरामा ध्यान दिएर स्तनपान गराउनु पर्छ। स्वस्थ महिलाले स्तनपान गराउँदा कुनै समस्या नभए पनि कुनै रोगको संक्रमण भएका महिलाले स्तनपान गराउँदा त्यो बच्चामा पनि सर्ने स्भावना हुन्छ। यदी स्तनपान गराउने महिला गम्भीर रोगबाट सक्रमित भए बच्चाका लागि खतरा हुन सक्छ। जस्तो एचआइभी, क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्या भए बच्चाका लागि खतरापूर्ण हुन सक्छ। नसालु पदार्थ सेवन गर्ने महिलाको स्तनपान गराउनु पनि बच्चाका लागि उपयुक्त हुँदैन। रक्सि, चुरोट, सुर्ति जस्ता नसालु पदार्थ सेवन गर्ने र नियमित रुपमा कुनै रोगको औषधी सेवन गर्ने महिलाहरूको स्तनपान गराउनु पनि नवजात शिसुका लागि खतरा सावित हुन सक्छ।- नेपालन्यूज
प्रतिक्रिया