ताजा अपडेट »

संखुवासभामा बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो

विहीबार, २६ फागुन २०७८

काठमाडौँ । संखुवासभाको मादी नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मादीकाे ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान मादी नगरपालिका -६ सातघुम्ती भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । 

हालसम्म मृतकको पहिचान भएको छैन । दुर्घटनामा पाँच जनाको भने जिवितै उद्धार गरेर अस्पताल पठाइएकाे छ । बस भीरबाट करिब ३ सय मिटर तल खसेको थियाे ।  हाल घटनास्थलमा उद्धारकार्य जारी रहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।