ताजा अपडेट »

रामग्राम स्तूपा संरक्षण र विकासका लागि छुट्टै विकास कोषको माग

बुधबार, २५ फागुन २०७८

परासी। रामग्राम स्तूपा संरक्षण र विकासका लागी छुट्टै रामग्राम बिकास कोषको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज ज्ञापन पत्र बुझाइएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले बताएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई ज्ञापन पत्र बुझाईएको हो। ज्ञापन पत्र बुझेपछि मन्त्री आलेले यस विषयमा सम्बन्धित निकायहरु संग छलफल गरी अगाडी बताएका छन्।

(ज्ञापन पत्रको पूर्ण पाठ) शान्तिका अग्रदुत भगवान गौतम बुद्ध कुशिनगरमा महापरिनिर्वाण अर्थात गरिएको अन्तिम दाह संस्कार पछि शरीर जली नष्ट भई खरानीमा परिणत भएको र उक्त खरानी तथा अवशेष रहेका अस्तुलाई जम्मा गरी कुशिनगरमा स्तुपा बनाउने र बुद्धलाई स्मरण गर्ने त्यहाँका मल्ल राजाको भनाइ अनुसार उक्त कुरा सार्वजनिक भएपछि सो अवसरमा विभिन्न गणराज्यका राजाहरु पनि आएको हुँदा राजाहरुबाट एकवाट अर्को गरी मैले पनि स्तुपा निर्माणको लागि अस्तु पाउनुपर्छ भनि आफ्ना कुरा राख्दा एक पछि अर्को हुँदाहुँदै सबै गणराज्यका राजाहरु हामीले पनि लैजान पाउनु पर्छ भनेर सबैले माग राखी लैजान खोज्दा विवाद उत्पन्न भई कसलाई दिने, कसलाई नदिने भन्नु भन्दा द्रोणबाट यहाँ उपस्थित सबै गणराज्यका राजाहरुलाई दिने सहमति अनुसार उपस्थित वटा गणराज्यका राजाहरुलाई दिनको लागि भाग लगाई बांडफोड गरेको सोही अनुसार कोलीय गणराज्यका राजाले आफ्नो भागमा पाएका अस्तुलाई ल्याई कोलीय गणराज्यका राजधानी रामग्राम पण्डितपुर देखि ४ मिल पूर्व र दक्षिण तर्फ अस्तुलाई स्थापना गरी रामग्राम स्तुपले नामाकरण गरियो ।

अशोक सम्राटले ८ वटै उत्खनन् गर्न लगाई संसारको विभिन्न देशमा बुद्ध स्तुपा स्थापना गराउने उद्देश्यले यस स्थानमा आई उत्खनन् गराउन खोज्दा नागवंशीय जनजाती स्थानीय वासीहरु यो स्तुपा हाम्रो आस्थाको धरोहर हो । यसलाई नखनिदिनुहोस् । सम्राट अशोकलाई आग्रह गर्दा सम्राटले स्थानीय वासीहरुको आस्था र श्रद्धा देखेर मन प्रभावित भई यस स्थानमा बस्ने भिक्षु भिक्षुणी, अनुयायीहरुको लागि वास वस्तु तथा प्रार्थना गर्ने स्थान गुम्बा विहार निर्माण गर्न लगाई प्रार्थना र पूजा अर्चना तथा संरक्षणमा थप सहयोग गरे । अशोक सम्राटले निर्माण गरेका विहार गत वर्षमा बेलायतका दुरान विश्वविद्यालयका प्रोफेसर टण्डनबाट जिओफिजिक्स हुँदा उक्त कुरा पुष्टि भयो।

अशोक सम्राट र स्थानीय वासी विच भएको सम्बादको शिलालेख समेत यस स्थानमा स्थापना भएको विदहरुको भनाई छ । रामग्राम स्तूप सन् १८९८ मा डा. डब्लु ह्वे ले पत्ता लगाउनु भयो र लुम्बिनी सन् १९९६ मा पत्ता लागेको स्थानको विकास तिब्र गतिमा भई रहेको र लुम्बिनी पत्ता लागेपछि २ वर्षको अन्तरालमा रामग्राम स्तुपाको पत्ता लाग्यो । यस स्थानको सरक्षण, सम्वर्द्धन र विकासको जिम्मेवारी रहेको लुम्बिनी विकास कोषले यस स्थानको संरक्षण, प्रबर्द्धन र विकासमा ध्यान नदिएको अवस्था छ । तसर्थ रामग्राम स्तुप क्षेत्रको विकास तथा यस जिल्लामा रहेका बुद्धसँग सम्बन्धित स्थान जस्तै:- सरावल गा.पा.मा रहेका ऐतिहासिक कालवृक्ष, सुस्ता गा.पा. मा रहेका अनोमा घाट र कोलीय गणराज्यको राजधानी रामग्राम पण्डितपुरलाई समेत संरक्षण, सम्बर्द्धन, विकास र जिल्ला स्थित विभिन्न स्थानमा रहेका बुद्धसँग सम्बन्धित स्थलहरुको खोजतलास तथा अनुसन्धान गर्न स्वायत्त निकाय रामग्राम विकास कोष / रामग्राम विकास समिति स्थापनाको लागि पहल हुन यो ज्ञापन पत्र प्रस्तुत गर्दछौं ।