बुटवल । नेपाल पत्रकार महासघं रुपन्देहीले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार छनोटका लागि आवेदन माग गरेको छ । महासघंले उत्कृष्ट पत्रकारिता पुरस्कार छनोट गरेको मुल्यांकन समितिको बुधबार बसेको बैठकले पत्रकारहरुलाई उक्त पुरस्कारको लागि आबेदन दिन माग गर्ने निर्णय गरेको हो ।
पत्रकार महासघले उक्त पुरस्कार छनोटका लागि पत्रकार महासघंका पूर्व अध्यक्ष बिनोद पहाडीको संयोजकत्वमा खिमानन्द भट्टराई र भगबती पाण्डे सदस्य रहेको मुल्यांकन समित गठन गरेको थियो । सोहि समितीको पहिलो बैठकले २०७५,०७६ र ०७७ सालको पुरस्कारको लागि महासघं रुपन्देहीको सदस्यहरुलाई आगामी चैत्र १ गते महासघंमा आबेदन बुझाउन आग्रह गरेको छ । बुटबल उप–महानगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको उक्त पुरस्कारको राशी ५० हजार रहेको छ ।
महासघंले हरेक वर्ष १ जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
प्रतिक्रिया