ताजा अपडेट »

नारी दिवसमा गरिमा बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम

मंगलबार, २४ फागुन २०७८

बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिमा विकास बैंकले रुपन्देहीको बुटवल र कोटिहवामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको बुटवल र तिलोत्तमा नगरपालिका-१५ स्थित कोटिहवा शाखाले कोटिहवा आसपासमा करीब एकसय दस उद्योगी/व्यापारी सँग साक्षरता कार्यक्रम गरेको शाखाका प्रबन्धक दिपिन डोटेलले बताए ।

डोटेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत आमसर्वसाधारणलाई ज्ञान बढाउने, अनलाइन मोबाईल बैंकिङ्ग लगाएतको महत्त्वको विषयमा साक्षरता कार्यक्रम गरेको बताए ।

यस्तै, शाखाका कर्जा ईकाई प्रमुख मनिल शर्माले उद्योगी ब्यवसायीमा डिजिटल प्रविधिको प्रयोगमा पहुँच पुर्याउन विभिन्न गतिविधिहरु नियमित सञ्चालन गरिने बताए । बैंकका हाल देशभर १२० वटा शाखा कार्यालय रहेका छन् ।