बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवलको चौथो अधिवेशनले मणि खनालको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको छ । बुटवलमा मंगलबार आयोजित अधिवेशनले उपाध्यक्षमा विशाल काउचा , सचिवमा गौरव आचार्य र कोषाध्यक्षमा मणिप्रसाद गुरुड. र सहसचिवमा आकृति जीसी चयन सर्वसहमत चयन भएकी छन् ।
अधिवेशनले सदस्यहरु सहित ४१ सदस्यीय कमिटी गठन गरेको छ । त्यसअघि अधिवेशन उद्घाटन कार्यक्रम बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरेकी थिइन् । उनले मदन भण्डारीको विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्दै खेलमार्फत स्वस्थ र अनुशाशित युवा उत्पादन गर्न एकेडेमी स्थापना भएको बताइन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय सचिव सुजु मल्लले खेलमार्फत युवाको व्यक्तित्व, शारिरीक र मानसिक विकास गर्न एकेडेमीका गतिविधिलाई स्थानीय तहसम्म पुर्याएको बताए । उद्घाटन कार्यक्रममा एमाले नेता गोपाल रानाले राष्ट्रियता, पहिचान र स्वास्थ्यका लागि युवाहरु खेलकुदमा संलग्न हुनुपर्ने बताए ।
कार्यक्रममा एकेडेमीका केन्द्रीय सदस्य सदस्य नन्दु काउचा,केन्द्रीय सदस्य एवम जिल्ला अध्यक्ष कृष्ण देवकोटा नगर अध्यक्ष समुन्द्र श्रेष्ठ, किशोर सुवेदी, केशव पौडेललगायतले आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया