कार्तिक २२,
ग्लोबल आवाज
बुटवल । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहाराले सदस्य र सल्लाहकार समिति मनोनित गरेका छन् । संघको विधान अनुरुप अध्यक्षले ३ जना सदस्य र ९ सदस्यीय सल्लाहकार समिति मनोनित गर्ने व्यवस्था रहेको छ । रुपन्देही उद्योग संघको विधान २०३५ (संशोधन २०७५ सहित) को भाग ५ को दफा २३.२१ को अधिकार प्रयोग गरी संघका अध्यक्ष बाबुराम बोहोराले कार्यसमिति सदस्य पदमा राजकुमार पराजुली, बिष्णु प्रसाद पौड्याल र जमुना सुवेदी पोखरेललाई मनोनयन गरेका हुन् ।
त्यसैगरी संघको विधान २०३५ (संशोधन २०७५ सहित) को भाग ५ को दफा २८ बमोजिम संघको सल्लाहकार समितिको संयोजकमा संघका पूर्ब अध्यक्ष एजाज आलम, सदस्यहरुमा ऋषि बहादुर भण्डारी, राज कुमार पोखरेल, खेम श्रीष, देवानन्द पाण्डे, डा.तारा प्रसाद उपाध्याय (आर्थिक), अधिवक्ता यमलाल खनाल (कानूनी), ई.कुसुमराज ज्ञवाली (प्राविधिक) र दिनेश पाण्डे (प्रेस) लाई मनोनयन गरेका हुन् । संघको कार्यसमितिको कार्तिक १९ गते बसेको प्रथम बैठकले बुटवल औद्योगिक क्षेत्रबाट रिक्त पदमा प्रज्जवल थान्जुलाई कार्यसमिति सदस्य पदमा मनोनित गरेको थियो । संघले दीर्घकालीन र अल्पकालीन कार्ययोजना तय गर्न नवनिर्वाचित पदाधिकारी, कार्यसमिति, पूर्व अध्यक्ष एवं सल्लाहकारज्यूहरुको सहभागितामा बर्दियामा ३ दिने कार्ययोजना कार्यशाला गोष्ठी संचालन गर्ने समेत जनाएको छ ।
प्रतिक्रिया