ताजा अपडेट »

लुम्बिनी नक आउट इन्डो नेपाल क्रिकेट : आरआर चिलिया र ग्रान्ड कोस्मो विजयी

मंगलबार, २४ फागुन २०७८


भैरहवा । पडरिया लुम्बिनी नक–आउट इन्डो नेपाल क्रिकेट टुर्नामेन्टको जारी चौथो दिनको खेलमा आरआर चिलियाले रोयल स्टार माथि १० विकेटको फराकिलो जित निकालेकोे छ । टस जितेर ब्याटिङ्ग रोजेको रोयल स्टारले १० ओभरमा आफ्नो सबै विकेट गुमाउदै ३३ रन बनाएको थियो । रोयललाई सस्तोमा रोक्न आरआरका यम छेत्रीले ३ ओभरमा १० रन खर्चिएर ४ विकेट हात पारे । साथै मनोज र बसन्तले समान २÷२ विकेट लिए ।

३४ रनको सामान्य लक्ष्य लिएर मैदान प्रवेश गरेको आरआरले १ दशमलव ४ ओभरमा विना विकेटको गुमाउदै भेट्यो । आरआरका कृष्णले ८ बलमा अविजित २९ रन जोडे । खेलको म्यान अफ द म्याच यम छेत्री भए । साथै गेम चेन्जर् कृष्ण घोषित भए । यस्तै आजै सम्पन्न अर्को खेलमा ग्रान्ड कास्मोले प्रतापपुर पल्टन लाई पराजित गरेको छ । ग्रान्ड कास्मोले टस जितेर ब्याटिङ रोज्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाउदै २ सय ३३ रन जोडेको थियो ।

कास्मोका रुपेश कुर्मी आक्रमक पारी खेल्दै २७ बलमा ८४ रन जोडे । उनले पारीमा १ चौका र १३ छक्का प्रहार गरे । साथै अर्को ब्यट्सम्यान अमृत गुरुङले ६ बलमा १३ रन प्रहार गरे । अर्को ब्यट्सम्यान नियाजले ३५ बलमा ८२ रन प्रहार गरे । प्रतापपुर पल्टनका अन्सारीले १ ओभरमा १० रन खर्चिएर ३ विकेट लिए ।

२ सय ३४ रनको बिशाल लक्ष्य लिएर मैदान प्रवेश गरेको प्रतापपुर पल्टन १५ ओभरमा अल आउट हुदै १ सय ५४ रन मात्र जोड्न सक्यो । प्रतापपुर पल्टनका अमर यादवले ३२ बलमा ६७ रन प्रहार गरे पनि अन्य ब्यट्सम्यान चल्न नसक्दा प्रतापपुरले पराजय ब्यहोर्नु प¥यो । खेलको म्यान अफ द म्याच नियाज भए ।

आजै सम्पन्न तेश्रो खेलमा शादको आक्रमक ब्याटिङ्गमा शक्तिमान जेभी विजयी भएको छ । जेभी स्पोर्ट्सले मिक्स म्याक्स–११ माथि १ सय ३ रनको जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरेको छ । शक्तिमान जेभी स्पोर्ट्सले टस जितेर ब्याटिङ रोज्दै निर्धारित १२ ओभरमा ८ विकेट गुमाउदै १ सय ६९ रन जोडेको थियो । जेभीका ओपनर शाद २५ बलमा ७८ रन जोडे । साथै ब्यट्सम्यान श्याम जी यादवले २९ रन प्रहार गरे । मिक्स म्याक्स–११ का अख्तरले ३ ओभरमा ५२ रन खर्चिएर ३ विकेट लिए ।

१ सय ७० रनका लक्ष्य लिएर मैदान प्रवेश गरेको मिक्स म्याक्स–११ ले ९ ओभरमै सबै विकेट गुमाउदै ६६ रन मात्र जोडेको थियो । मिक्स म्याक्स–११ का गुड्डुले ७ बलमा १५ रन जोडे । खेलको म्यान अफ द म्याच शाद भए । भोलीको खेल आयोजक नव युवा क्लब पडरिया र सनाबिल क्रिकेट क्लबका बिच तथा सनई क्रिकेट क्लब, सिद्धार्थनगरका बिरुद्ध उस्का–११ सिद्धार्थनगर बिच हुने नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।

नव युवा क्लब पडरिया, लुम्बिनीको आयोजनामा चौथो वर्ष जारी दुईदेशीय प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमले सहभागीता जनाउँदै छन् । प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर लाई समेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए । फाईनलमा नेपाल र भारतको टिम दुवै पुगोस भन्ने उद्देश्यले सोही अनुसार खेल तालिका बनाइएको क्लबका सचिव ईफ्तेखार आलमले बताए ।