ताजा अपडेट »

पत्रकार मल्ल शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

मंगलबार, २४ फागुन २०७८

बुटवल । पत्रकार कृष्ण मल्ल शिक्षा पत्रकारिता पुस्कारबाट सम्मानित भएका छन् । तिलोत्तमा स्थित शान्ति नमुना माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसरमा पत्रकार मल्ल पुस्कारसहित समानित भएका हुन् ।

उनलाई गृहमन्त्री बालकृष्ण खाँणले दोसल्ला ओढाएर नगदसहित सम्मानित गरेका हुन् । पत्रकार मल्ल बुटवलबाट प्रकाशित बुटवल टुडे दैनिकका सम्पादक र शिक्षा पत्रकार समूहका केन्द्रिय अध्यक्ष समेत हुन्।