ताजा अपडेट »

पत्रकारद्वय नेपाल र ढकाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कारबाट सम्मानित

मंगलबार, २४ फागुन २०७८

बुटवल । पत्रकार माधव नेपाल र हरिष ढकाल पुरस्कृत भएका छन् । पत्रकारद्वय नेपाल र ढकाल नेपाल प्रेस युनियन रुपन्देहीद्वारा स्थापित जीपी कोईराला स्मृति पत्रकारिता पुस्कारबाट सम्मानित भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यक्रमका बीच मंगलबार उनीहरुलाई नगद २५ हजारसहित पुरस्कृत गरेका हुन् । पत्रकार ढकाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७६ र नेपाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७७ बाट पुरस्कृत भएका हुन् । पत्रकार नेपाल बीबीसी नेपाली सेवामा कार्यरत रहेका छन् भने ढकाल नेपाल टेलिभिजनमा कार्यरत छन् ।