ताजा अपडेट »

रुस–युक्रेन युद्धमा मानवअधिकारको उल्लंघन भएको भन्दै शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

मंगलबार, २४ फागुन २०७८

बुटवल । मावन अधिकार तथा शान्ति समाजले रुसले युक्रेनमाथी गरेको आक्रमणका कारण महिला तथा बालबालिकाहरुको व्यापक मानवअधिकार उल्लंघन भएको भन्दै विरोध,प्रदर्शन गरेको छ ।

समाजले मंगलबार बुटवलको राजमार्ग चौराहामा विरोध प्रदर्शन गरेको हो । विरोध प्रर्दशनमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले अहिलेको आधुनिक युगमा पनि एक देशले अर्को देश माथि आक्रमण गर्नु निन्दनीय भएको बताए । अध्यक्ष खनालले राष्ट्र राष्ट्रका बीचमा केही विवाद भए पनि अन्तराष्ट्रिय कानुनको मूल्य मान्यता अनुरुपमा त्यस्ता विबादको शान्तिपूर्ण रुपमा समाधान गर्नु पने बताए ।

रुसले युक्रेनमा आक्रमण गर्दा धेरै युक्रेनी नागरिकहरुले देश छाडेका छन् भने युद्धमा धेरै महिला तथा बालबालिकाको समेत मृत्यु र घाइते भएका छन् ।