ताजा अपडेट »

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

सोमबार, २३ फागुन २०७८

काठमाडौँ भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताएका हुन् ।