ताजा अपडेट »

भूभाग मिचेको विरोधमा भारतीय दूतावास अगाडि सत्तरुढ अखिलको प्रदर्शन

शुक्रबार, २२ कार्तिक २०७६

कार्तिक २२,
ग्लोबल आवाज

काठमाडौँ । भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् ।शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेको केहि समयपछि सोही स्थानमा अनेरास्ववियूका विद्यार्थीहरु भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् । अस्कल क्याम्पसबाट सुरु भएको विरोध र्‍याली भारतीय दूतावास कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो ।- यसकाठमाण्डु